arrow

यस्तो छ सरकारले ल्याएको संविधान संशोधन विधेयक (पूरा विवरणसहित)

९ बजे राती विधेयक दर्ता

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
1-a.jpeg

काठमाडौं । सरकारले तयार गरेको संविधान संशोधन विधेयक मन्त्रिपरिषद्बाट पारितभएसँगै संसद सचिवालयमा दर्ता भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गरेको हो ।

विधेयक मंगलबारै राती ९ बजेपछि संसद सचिवालयमा दर्ता भएको छ । संधोधन दर्ता गर्न भनि बालुवाटारबाट कानुनमन्त्री अजयशंकर नायक आफै हिँडेपनि पछि कानुन मन्त्रालयका सहसचिवले दर्ता गराएका छन् । संसद सचिवालयका सूचना अधिकारीले दिएको जानकारी अनुसार सहसचिव हुमबहादुर केसीले संशोधन दर्ता गराएका हुन् ।

संशोधनमा प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेर गरिएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई प्रदेश नम्बर ४ मा गाभ्दै  नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) देखि रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया समेटिएको प्रदेश बनाउने प्रस्ताव छ ।

प्रदेश–५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्यूठान जिल्ला अब प्रदेश–४ मा रहनेछन् । प्रदेश–४ मा अब नवलपरासी र रुकुमको पूर्वी भागसहित अन्य १७  जिल्ला पर्नेछन् ।

संशोधन विधेयकमा भाषा आयोगको सिफारिस अनुसार राष्ट्रिय भाषा बनाउने गरी संविधानको अनुसूचीमा राख्ने उल्लेख छ । यसैगरी नेपालीसँग विवाह गर्ने महिलाले पुरानो नागरिकता त्यागेपछि अंगीकृत नागरिकता दिने भनि संशोधन हालिएको छ ।

राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्गरअल्पसंख्यक गरी ३–३ जना प्रत्येक प्रदेशबाट चयन हुने र बाँकी जनसंख्याका आधारमा हुने भनिएको छ । अहिले संविधानमा प्रत्येक प्रदेशबाट समान ८–८ जना रहने व्यवस्था छ ।

विधेयकको पूरा विवरण

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ