arrow

कैलाश सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
kailash-sirohiya-arrest-81-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ । सिरोहियाको मुटुको समस्या बढेपछि दिउँसो हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ । 

नागरिकता किर्ते कसूरमा काठमाडौंस्थित कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत साता मंगलबार राति धनुषा लगिएको थियो ।

अदालतले पटक–पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३(३ दिनको लागि म्याद थप गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ