arrow

दोस्रोपटक मुख्यमन्त्री बन्दै पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
surendra-raj-panday-cm-gandaki-rss.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ आजै लिने तयारी छ ।

नयाँ मुख्यमन्त्री नियुक्ति र पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुखको कार्यालय तयारी अवस्थामा छ । यसका लागि प्रदेश प्रमुखका आजका सबै कार्यक्रम स्थगित गरिएको बताइन्छ ।

पाण्डे मुख्यमन्त्रीबाट राजीनामा दिएको ५२ दिनमा पुनः सत्तामा फर्किन लागेका हुन् । मन्त्रीमण्डल विस्तारका लागि पाण्डेले पार्टीभित्र छलफलसमेत थालेका छन् ।

सोमबार खगराज अधिकारीको नियुक्तिलाई बदर गर्दै सर्वाेच्च अदालतले पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति संविधानको धारा १६८ को उपधारा ३ बमोजिम हुनेछ ।

उक्त उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ ।

अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री अधिकारी आदेशपछि पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री बन्न लागेका पाण्डेले विश्वासको मत लिन निकै चुनौती छ । यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्रीकांग्रेसलाई बहुमत पुर्याउन राप्रपा र एक स्वतन्त्र सांसदको समर्थनले पनि पुग्दैन ।

राप्रपा र स्वतन्त्रको समर्थन पाउँदा पाण्डेको पक्षमा ३० सांसद हुनेछ । पाण्डेले पदबाट राजीनामा दिएका थिए । २७ सिट रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ