arrow

विमानभित्र बम भएको हल्ला फैलिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
indigo-866x487.jpg

काठमाडौँ ।  भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । 

अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । 

एक सय सत्त्तर यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन । 

“अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ”, एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यो राजधानी नयाँदिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीकोे श्रृङ्खलामध्ये पछिल्लो घटना हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ