arrow

शीर्ष तीन दलका नेताहरु पाँच नम्बर प्रदेश टुक्रयाउने निर्णयको विरोधमा

भन्छन्–विखण्डनको विधिवत बाटो खोलियो

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
3-dal.jpg.jpeg
काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसंगै सबैभन्दा बढी आक्रोश पाँच नम्बर प्रदेश टुक्राउने खेलप्रति पोखिएको छ । पहाड र तराईलाई छुट्टाएर नेपाललाई विधिवत् रुपमा विखण्डनको बाटोसमेत खोलिएको प्रतिक्रिया नेताहरुले दिएका छन् । पाँच नम्बर प्रदेश टुक्राउनेबारेको प्रस्ताव दर्ता भएपछि विशेषगरी गुल्मी, अर्घाखाँची, पाल्पासहितका जिल्लाका नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकै नेताहरु क्रुद्ध बनेका छन् । 
 
उनीहरुले आफ्नो पार्टीको एजेन्डा बिना नै सरकारले संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् । माओवादी केन्द्र संसदीय दलका उपनेता एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्र्याउने माओवादीको निर्णय नभएको बताए । 
 
रायमाझीले सरकारले अघि सारेको यो प्रस्तावले पाँच नम्बरको मात्र होइन, देशकै अहित गर्छ, यो पारित हुँदैन भने । उनले यसअघि पनि पाँच नम्बर प्रदेश टुक्र्याउने विषयको विपक्षमा मतदान गर्ने यसअघि नै बताइसकेका छन् । 
 
 
त्यस्तै नेपाली काँग्रेसका नेता एवं गुल्मीका सांसद चन्द्र भण्डारीले एमालेलाई साथमा नलिएर संविधानमा कुनै पनि संशोधन पारित हुँदैन भनेका छन् । 
भण्डारीले यो संशोधनका पक्षमा मतदान नगर्ने बताउँदै त्यसले समस्याको समाधान नै नगर्ने ठोकुवा गरे । 
 
नेता भण्डारीले सरकारको निर्णयले नेपालमा विधिवत विखण्डनको बाटोसमेत खोलिदिएको बताए । 
 
संवेदनशील हुँदै नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा ‘नेपाली जनताको काँधमा देशको सुरक्षाको ज़िम्मा आएको छ, भगवान मेरो बुझाई गलत साबित बनोस्’ भनेका छन् ।
 
यता, संविधान संशोधनको विरोध गर्दै आइरहेको नेकपा एमालेका सचिव एवं गुल्मी जिल्लाका पूर्व सांसद प्रदीप ज्ञवालीले ‘नेपालमा दुई राष्ट्रियता छन् भन्ने कुरा स्थापित गर्न खोजिएको छ, यो गलत छ’ भनेका छन् । 
 
नेता ज्ञवालीले ‘यसले देशलाई विखण्डनतिर लैजान्छ, हामी कुनै हालतमा स्वीकार गर्न सक्दैनौँ’  भनेका छन् । 
 
पाँच नम्बर प्रदेश टुक्राउनु हुँदैन भनेर प्यूठान, रोल्पादेखि रुपन्देहीसम्म दैनिक आन्दोलन भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ