arrow

गर्मीले भारतमा ज्यान जाने क्रम बढ्यो, बिहारमा ८० विद्यार्थी बेहोश, तापक्रम ५० डिग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
hot-india-rohatak-bhaskar.jpg
तस्बिर– भारतको रोहतकमा गर्मीले अनुहार ढाकेर हिँड्दै बटुवा ।

काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । गर्मीका कारण तापक्रम ५० डिग्री पुगेको छ । राजस्थानमा गर्मीका कारण सात दिनमा ५५ जनाको मृत्यु भइसकेको छ । 

बिहारमा बुधबारमात्रै ८० विद्यार्थी गर्मीका कारण बेहोश भएका छन् । 

मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।

राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेशनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षको लागि मात्र रेकर्डहरू छन् । आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ ।

आईएमडीले बिहीबार उत्तर–पश्चिम भारतका केही भागहरूमा पश्चिमी विक्षोभको अपेक्षा गरेको छ, जसले सप्ताहन्तमा केही वर्षा हुन सक्छ । उत्तर–पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन् ।

भारतको मौसम बिभागका अनुसार, १० मौसम केन्द्रहरूले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ( जसमा आगरामा ४८.६ डिग्री सेल्सियस, बिहारको देहरी ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमीरपुर ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसी ४९ डिग्री सेल्सियस सेल्सियस, हरियाणाको नारनौल ४८.५ डिग्री सेल्सियस, अयानगर(दिल्लीको ४७.६ डिग्री सेल्सियस, नयाँ दिल्ली(रिज ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रीवा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतक ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसी ४७.२ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ