arrow

मधेस सरकार टिकाउने विपक्षी गठबन्धनको बैठकमा माधवको समाजवादी पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
upendra-metmani-81-2-16.jpg

काठमाडौँ । मधेस सरकार टिकाउन विपक्षी दलहरु सक्रिय भएर लागेका छन् । त्यसमा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएसँगै मधेस सरकार विपक्षी गठबन्धनले लैजाने दावी गरिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको बैठकमा माधवकुमार नेपालको नेकपा एसका नेता मेटमणि चौधरीसमेत सहभागी भएका थिए । 

यो समीकरण बन्दा मधेसमा विपक्षी दलहरुको दह्रो सरकार बन्ने देखिएको छ । 

मधेसमा रहेको १०७ सिटमध्ये एमालेको २३, कांग्रेसको २२, जसपा नेपालको १६, जनमत पार्टीको १३ सिट रहेको छ । त्यस्तै लोसपाको ९ सिट, माओवादी केन्द्रको ७ सिट र नेकपा एसको ७ सिट रहेको छ । राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक एक सिट पाएका छन् । मधेसमा ६ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

यसरी २२ कांग्रेस, १६ जसपा नेपाल, ९ लोसपा र ७ समाजवादीका मिलेर गठबन्धन अर्को सरकार बनाउन सफल हुने देखिएको छ । 

यसैबीच बैठकपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताएका छन् । 

यादवले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

यदि मधेसको यो रणनीति सफल भयो भने बागमती प्रदेशमा पनि नयाँ सरकार बन्न सक्ने सम्भावनासमेत देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ