arrow

मुलुकको राजनीतिक सरगर्मी एकाएक बढ्यो, एमाले बैठक बस्दै

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
uml-logo.jpg.jpeg
काठमाडौं । सरकारले दलहरुबीचको सहमति बिना नै संविधान संशोधन प्रस्ताव दर्ता गरेसंगै राजनीतिक सरगर्मी एकाएक बढेको छ । दलहरुबीचकै इच्छाको विरोधमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि आन्तरिक किचलोसमेत हुने देखिएको छ । 
 
सत्ता सहयात्री दलहरुबीच पनि मनमुटाव बढ्ने देखिएको छ । यसैबीच संविधान संशोधनको विरोधमा रहँदै आएको नेकपा एमालेसमेत गम्भीर स्थितिमा देखिएको छ । 
 
एमालेले आफ्नो धारणा बनाउन संसदीय दलको बैठक डाकेको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे डाकिएको एमाले अध्यक्ष केपीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् । 
 
एमालेले पहिलेदेखि नै प्रदेश नम्बर पाँच टुक्राउन नहुने धारणा राख्दै आएको छ भने अन्य विषय पनि गम्भीर भन्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ