arrow

चिनियाँ कानूनअनुसार प्रजातन्त्र समर्थक १४ लाई सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
china-hongkong-law.jpg

काठमाडौँ । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानूनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।

दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन् । यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो । यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु–शुन र लरेन्स लाउलाई सफाइ दिएको छ।

यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ ।

दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक(लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक(टिंग, लेउंग क्वोक(हंग, रिकी ओर र विनी यु रहेका छन् ।

२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए । अभियोजन पक्षले यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाएका छन् ।

सन् २०१९ मा ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन् ।

योसँगै चीन र हङकङका सरकारहरूले भने यो कानूनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ