arrow

भारतमा रोजगारी गर्न गएका नेपालीहरु हराउँदै !

logo
ईश्वर दत्त बडु
प्रकाशित २०७३ मंसिर १५ बुधबार
india-map-and-flag-1310791.png.png
कञ्चनपुर। नेपालमा रोजगारीका प्रसस्त सम्भावना कम भएका कारण भारतमा रोजगारी गर्न गएका सुदूरका अधिकाँश नेपाली हराउने गरेका छन् । सरकारी एकिन तथ्याङ्क नभएपनि हालै गरिएको एक अध्ययनले सुदूरका सयौँ नागरिक भारतमा हराएका छन् । निड्स नेपाल कञ्चनपुरले भारतमुखी आप्रवासन सम्बन्धी गरेको अध्ययनले सुदूरका तीन जिल्लाका १ सय ४१ जना भारतमा हराएका तथ्याङ्क देखाएको छ । 
 
निड्स नेपालले आप्रवासमा गएका परिवारसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर उक्त तथ्याङ्क बाहिर ल्याएको हो । अछामको साफेबगर नगरपालिकाका २२, डोटीका ११ गा.वि.स.का ९९ र कञ्चनपुरको बेदकोट र भीमदत्त नगरपालिका बाट २० गरी जम्मा १ सय ४१ जना नेपालीहरु भारतमा हराएका छन् । ‘उनीहरु सबै भारतमा रोजगारीका लागि गएका थिए । तर हालसम्म उनीहरु परिवारको सम्पर्कमा आएका छैनन्’ निड्स नेपालका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भने ।
 
‘हामीले उनीहरुको परिवारसंग प्रत्यक्ष कुराकानी गरेका छौँ ।’ उनीहरु पाँच बर्षदेखि २० बर्षसम्म सम्पर्क परिवारको बिहिन छन् । अछाम, डोटी र कञ्चनपुरका उक्त गाविस र नगरपालिकामा गरिएको अध्ययन अनुसार ८० प्रतिशत घरधुरीबाट ६३ प्रतिशत काम गर्ने उमेर समुहका पुरुषहरु भारत जाने गरेका छन् ।
 
 निड्स नेपालको सहयोगमा ४० प्रतिशत भारतमा रोजगारमा रहेका व्यक्तिहरुको नाममा बैंकमा खाता खोल्ने काम भएको समेत मडैले बताए । उनका अनुसार ६० प्रतिशत संग खाता नभएका कारण उनीहरुको विप्रषण जोखिममा छ । भारतमा रोजगारी गर्न गएर हराएका परिवारको अवस्था समेत काहालीलाग्दो भएको समेत निड्सका कार्यक्रम व्यवस्थापक मडैको भनाई छ । कार्यक्रम व्यवस्थापक मडैका अनुसार आप्रवासी परिवारहरुको सुरक्षाका लागि उनीहरुलाई समुहमा संगठित गरिएको छ ।
 
सुदूरपश्चिमेलीहरुको वैदेशिक रोजगारको मुख्य केन्द्र भारत हो । पुस्तौँदेखि सुदूरपश्चिमेलीहरु रोजगारीका लागि भारत जाने गरेका छन् । भारतमा रोजगार गर्नेहरु मध्ये कतिको धेरै राम्रो पनि छ, भने कतिको बेहाल छ, कतिपय त सम्पर्क बिहिन भै हराएका  छन् । तर भारतमा रोजगारी गर्न लगाएका सुदूरका लाहुरे कति हराएका छन्, कति गायब छन् उनीहरुको के अवस्था भन्ने बारे सरकार संग पनि यनि तथ्याङ्क छैन । रोजगारी गर्न भारत गएका परिवारले आफन्तको बारेमा अझैसम्म केही जानकारी समेत पाएका छैनन् ।
 
 जिल्ला परिष्द डोटीले आर्थिक बर्ष २०७३÷०७४ को परिष्दबाट एक नगरपालिका सहित ५० गाविसबाट भारत जानेहरुको तथ्याङ्ग राख्ने निर्णय समेत गरेको छ । भने भूमिराजमाण्डौँले १८ हजार बजेट समेत विनियोजन गरेको छ । भारतमा रोजगार गर्न जानेहरुको तथ्याङ्क अध्यावधिक गर्नुपर्नेमा सरोकारवालाहरुले जोडसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ