arrow

मधेसमा जनमतको नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति, तीन दलको मात्र हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
ck-raut-madhes-81-2-17.jpg

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’

जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबीच सहमति भएको भनिए पनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ ।

नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने पहल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो ।

मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरी ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ