arrow

गोविन्द केसीलाई सरकारी चिकित्सक सङ्घको समर्थन

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
kc-new-gharti.jpg.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल  (गोदान) ले समर्थन जनाएको छ ।

गोदानका महासचिव डा. विष्णुरथ गिरीले वुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।

महासचिव डा। गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गरेका छन् ।

नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले एक्यवद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।

सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ