arrow

डोनाल्ड ट्रम्प पोर्न स्टार घटनाका सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
trump21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी सन् २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झुटा गरेको आरोप छ । 

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपि ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । 

उनले भने, यो लाजमर्दो कुरा भएको बताउँदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् । 

उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौँ । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’

अर्कोतर्फ ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानूनभन्दा माथि कोही नभएको बताएका छन् । 

अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाइ हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ