arrow

'प्रस्ताव दर्ता स्वागत योग्य, मुठभेड टर्‍याे'

संशोधनमा माग कति परे केलाउँदै छौं : शरतसिंह

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
sharat-singh-bhandari-new.jpeg

काठमाडौं । संविधान संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसीमोर्चा र थारु, जनजाती घटक सम्मिलित संघीय गठबन्धनले संविधान संशोधनको प्रस्ताव दर्ताले सहमतिको ढोका खोलेको बताएको छ ।

गबठन्धनले संशोधन प्रस्ताव नै ल्याउन नदिने षड्यन्त्र भइरहेका बेला सरकारले प्रस्ताव ल्याउने कार्य गर्नु स्वागत योग्य भनेको छ । गठबन्धन नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले भने, ‘प्रस्ताव आउँदैन भन्ने स्थितिमा दर्ता हुनुले संशोधनको ढोका खुल्यो भन्ने बुझेका छौं । विषय वस्तु के छ हामीले हेरेका छैनौं ।’ अब बैठक बस्दै छौं त्यसपछि आगामी बाटो तय हुन्छ ।

अहिले सम्म ड्राफ्ट पाउनु भा छैन, अनि के आधारमा छलफ गर्न लाग्या ? जवाफमा उनले भने, ‘संचारमाध्यममा आएको ड्राफ्ट र दर्ता भएको ड्राफ्ट एउटै हो होइन । दर्ता के भएको छ भन्नेबारे हामीले बुझिरहेका छौं । दर्ता भएको विषय वस्तु अध्ययनपछि माग भित्र के परे ? के परेनन् भन्ने यकिन हुन्छ । त्यसपछि धारणा तय हुन्छ ।’

अध्यक्ष भण्डारीले आन्दोलनबारे टुंगिनेबारे अहिले नै भन्न नसकिने बताए । उनले थपे, ‘संविधान संशोधन भएपछि मुठभेडको स्थिति टरेको छ । संशोधन दर्ता गर्न नदिन विभिन्न शक्तिहरु लागेका थिए । जसले मुठभेड निम्तिने पक्का थियो । अब त्यो टरेको छ ।’ उसो भए तपाईहरुको आन्दोलन सकियो भनेर बुझ्दा हुन्छ ? जवाफमा उनले भने, ‘अहिले नै त्यो भनि हाल्न हुँदैन ।

हामीले प्रस्तावमा के आएको छ । छैन भन्ने छलफल नै गर्न पाएका छैनौं । हामीबीच छलफल भएकै छैन । यो संशोधन प्रस्तावको विषय वस्तु र संशोधनको आगामी प्रक्रियाले निधो गर्छ । हामीले उठाएका विषयहरु आएनन् भने त्यो प्रस्तावमाथि संशोधन हाल्नु पर्ने हुन सक्छ ।’

मोर्चाको बैठक बस्दै
संविधान संशोधन प्रस्ताव दर्ताबारे आधिकारिक धारणा बनाउन मधेसी मोर्चाको बैठक बस्दै छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बैठक डाकिएको छ । संविधान जारी भएलगत्तै असन्तुष्ट मोर्चा संविधान संशोधनका लागि आन्दोलनमा उत्रिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ