arrow

संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म एमालेले संसद चल्न नदिने

भोलिबाटै सदन अवरुद्ध गर्ने निर्णय/ओली अस्वस्थ, बैठकमा अनुपस्थित

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
UML-new-aa.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमाललेले विहिबारबाटै संसद चल्न नदिने निर्णय गरेको छ । वुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बैठकबाट बाहिरिँदै एमाले सचिवसमेत रहेका सांसद भीम आचार्यले हाम्राकुरासँग भने, ‘सामूहिक  रुपमा संशोधन विधेयकको विरोध गर्ने निर्णय भयो । विहिबारबाटै संसद अवरुद्ध गर्ने भनेका छौं । संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न दिँदैनौं ।’

सचिव आचार्यले अहिले विभिन्न जिल्लामा चर्किरहेका आन्दोलनलाई साथ दिएर सशक्त पार्ने विषयमा समेत बैठकमा कुरा भएको बताए । एमाले आफ्नै व्यानरमा चैं सडक तताउँदैन ? जवाफमा उनले भने, ‘जनता सडकमा आइसकेका छन् । त्यही आन्दोलनलाई अघि बढाउँछौं ।’ पार्टीको निर्देशन पनि त्यही छ ।

अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित रहे । संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङ, उपाध्यक्ष भीम रावल, सचिव भीम आचार्य, मुख्य सचेतक, सचेतकहरु बैठकमा सहभागि भए । सरकारले मंगलबार राति ९ बजे मात्रै संसद सचिवालयमा संशोधन दर्ता गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ