- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको शनिबार २३ वर्ष पूरा भएको छ ।
सोही दिनको स्मरण गर्दै शनिबार साँझ नारायणहिटी दरबार परिषरमा विभिन्न राजावादी पार्टी तथा अभियन्ताहरुले दीप प्रज्ज्वलन गरी राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
२०५८ जेठ १९ गते राति राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
सो श्रद्धाञ्जली कार्यक्रममा पूर्व युवराज पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरुको समेत उपस्थित रहेको थियो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, सांसद दीपकबहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईको समेत उपस्थिति रहेको थियो ।
उक्त दरबार हत्याकाण्ड कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन । तत्कालीन सरकारले युवराज दीपेन्द्रलाई दोषी देखाएको भए पनि वास्तविकता भने फरक रहेको दाबी गरिँदै आइएको छ ।