arrow

नेमकिपाद्वारा संविधान संशोधन प्रस्तावको विरोध

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
narayan.jpg.jpeg.jpeg
भक्तपुर । नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएका संविधान संशोधनको प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ । 
 
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको पार्टीका सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकारबाट संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । 
 
संविधान कार्यानवयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको ठहर बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने गरी सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको बैटकले भत्र्सनासमेत गरेको विज्ञप्तिमा भनिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ