arrow

'आफैं गठबन्धन फुटाउँदै उपेन्द्र यादव'

‘विज्ञप्ति निकालेको आफ्नै पार्टीका नेतालाई भनेनन्, कोठे बैठक रुचाउँछन्'

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएपछी गठबन्धन फुटको संघारमा पुगेको छ ।

संघीय गठबन्धनका संयोजक समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको द्वैद्व चरित्रले गठबन्धन फुटको संघामा पुगेको नेताहरुले बताएका छन् । अध्यक्ष यादवले गठबन्धन र आफ्नै दलका नेताहरुलाई ठगेका छन् ।

मंगलबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन संयोजक यादवसँग निर्वाचनमा जाने सहमति भएकाले संशोधन विधेयक दर्ता गर्ने पक्का भएको बताएकाे केही घण्टामै संशोधन विधेयक दर्ता भयो ।

त्यसअघि सरकारले गठबन्धनले निर्वाचनमा जाने प्रतिवद्धता गरे मात्रै संशोधन दर्ता गर्ने नभए जोखिम नमोल्ने बताएपछि शुक्रबारै हुनुपर्ने संशोधन दर्ता मंगलबार आएर मात्रै दर्ता भएको हो । सरकारले मंगलबार राति सीमाङ्कन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको हो ।

त्यसको भोलिपल्ट बुधबार विहानै फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नभएको भन्दै लामो वक्तव्य निकालेका छन् । वक्त निकालेको बारे भने उनकै पार्टीका जिम्मेवार नेताहरुलाई जानकारी छैन । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विज्ञप्ति निकालेबारे आफुलाई जानकारी नभएको बताए ।

यस्तै, फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले समेत वक्तव्य जारी भएकोबारे जानकारी नभएको बताए । जस अनुरुप यादवले एकलौटी ढंगले विज्ञप्ति जारी गरेको देखिएको छ । प्रमुख सचेतक यादवले भने, ‘सरकारले कोठ बैठक गर्छ । हाम्रा नेताहरुपनि कोठे बैठकमा जान्छन् । कुरा केही भन्दैनन् ।’ तपाईको अध्यक्ष पनि कोठे बैठकमा जानु भा हो नि होइन ? जवाफमा उनले भने, ‘हो जानु भएको हो । तर त्यहाँ के कुरा भएको थियो भन्नेबारे हामीलाई जानकारी छैन ।’

यादवले संविधान संशोधन दर्ता अघि सरकारले आफुहरुसँग औपचारिक छलफल नगरेको र आफुहरुले भने जसरी विधेयक नल्याएको भन्दै असन्तुष्टी राखिएको हो भने । उसो भए गठबन्धन संयोजक, तपाईको अध्यक्षलाई विश्वास गर्नु हुन्न तपाईहरु ? उनले भने, ‘भित्र बैठकमा के भयो भन्ने कुरा कुनै नेताले बाहिर गर्दैनन् । मोर्चाको छलफलमा उहाँ बोल्न बाध्य हुनुहुनेछ । प्रधानमन्त्रीसँगको भेटमा के भएको थियो भनेर । टाउको हल्लाउनु भएको थियो कि के थियो भन्ने कुरा बैठकबाट थाहा हुन्छ । केही समय कुरिदिनुस् न ।’ 

गठबन्धन फुट्न लागेकै हाे ?
यादवले भने, ‘संशोधन गर्ने नै भनेर हामीले तीन बुँदे गरेका हौं । हामीले उठाएका मागहरु अझै आएका छैनन् । त्यसैले उहाँले सरकारको ध्यानकर्षण गरान खोज्नु भा होला । विज्ञप्तिमा के थियो त्यो पढ्न पाएको छैन । यही कारण गठबन्धन फुटाउने भन्ने हुँदैन ।

गतिविधिले त्यही देखाइरहको छ नि, बाबुरामसँग मिलेर वक्तव्य जारी गर्नेवित्तिकै मगर, थारुहरुले मगरात र थरुहठको माग उठाएका छन्, संशोधन गर्ने भए वातावरण किन भड्काको त ? जवाफमा उनले भने, ‘हामीले भने अनुसार सीमाङ्कनको संशोधन पनि आएको छैन । एमालेलाई मिलाएर ल्याउनु पथ्र्यो त्यो पनि भएन । हामीसँग छलफल हुनु पथ्र्यो त्यो पनि भएन । आफ्नै पार्टीभित्रको असन्तुष्टीबीच संशोधन आयो ।’

झापा, मोरङ, सुनसरी र कैलाली–कञ्चनपुरको पनि भाग खोज्या हो तपाईहरुले ? उनले भने, ‘हो हामीले मागेकै त्यही हो ।’ पहिलो संविधान सभाले दिएको ११ प्रदेशको खाका चाहिएको हो । पहिचान सहितको संघीयता चाहिएको हो–उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ