arrow

बुटवल–नारायणगढ सडकखण्ड

चाइना स्टेट कन्स्ट्रक्सनको लापरबाहीः अस्तव्यस्त, जोखिम र सवारी जाम

logo
नारायण वली,
प्रकाशित २०८१ जेठ २० आइतबार
daunne sadak6.jpg

लुम्बिनी । बुटवल–नारायणगढ सडक विस्तारको काम गर्न २०७५ माघ २४ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी सम्झौता गरेको पाँच वर्ष बितिसक्यो । विस्तारको काम शुरु गरिएको ४२ महिनाभित्र काम सक्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा अहिलेसम्म दुईपटक म्याद थप गरेर काम गरिएपनि विस्तारको काम अझै अलपत्र छ ।

२०८० भदौ १२ मा पहिलोपटकको म्याद सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्न २०८१ साउन ८ गतेसम्म पुर्‍याइएको भए पनि उक्त दोस्रोचरणको म्याद सकिन पनि करिब ४८ दिन बाँकी छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष बितिसक्दा समेत हालसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन ।

दोस्रोपटक म्याद थप्ने क्रममा निर्माण कम्पनीले ५८ प्रतिशत काम गर्छौं भनेर प्रतिबद्धता जनाएपनि लक्ष्य पूरा गर्न सकेको छैन् । बर्दघाट पूर्वको दाउन्ने क्षेत्रमा थप सडकको अवस्था उच्च जोखिम र सवारीसाधन तथा यात्रुहरुका लागि सास्तीको मार्ग बन्न पुगेको छ ।

दाउन्नेको पहाडमा खाडल खनेर छोडिएको, केही स्थानमा डाइभर्सन बनाएर सकिए पनि माटो हालेर नपुर्दा साँघुरो सडक भएका कारण एकतर्फी सवार चल्दा सवारी जामको समस्या यात्रुहरुका लागि निकै कष्टकर एवं जोखिम बनेको बुटवल काठमाण्डौं बस चालक जीवन कुँवरले बताए । उनले भने पानी पर्दा झन् जोखिम । जामको त झन् कुरा गरी साध्य छैन । ठूला खाडल भएका कारण गाडी बिग्रिने समस्या उस्तै छ । पानी पर्ने बसको चलानी लिए पनि जाम कि नजाम हुन्छ जाम सम्झिँदा । 

९ अर्ब ३८ करोड रहेकोमा हालसम्म तीन अर्ब ७६ करोड ६६ लाखभन्दा माथि आर्थिक प्रगति भएको सडक बर्दघाट पश्चिम बुटवल तर्फको जस्तै काम हुन सकेको छैन । अहिले दाउन्ने क्षेत्रको काम बन्द रहेको छ ।

नवलपुरकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई मध्यनजर गर्दै तत्काल काम गर्न र जोखिम भएका स्थानहरुको मर्मतसम्भार निर्माण कम्पनीलाई निर्देशन दिएको बताएकी छिन् । उनले दाउन्ने खण्डको सडक मर्मतको काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताइन् ।

अधिकारी श्रेष्ठले दुईचार घण्टा पानी पर्दा सडक अस्तव्यस्त हुन्छ, जाम लाग्छ जोखिमपूर्ण यात्रा पनि हुने भएकाले वर्षात्को समय आउँदै गरेकाले झन् ठूलो समस्या आउने भएकाले सहज बनाउन निर्माण कम्पनीलाई निर्देशन दिएको भनाइ छ ।

यता निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालीले भने बजेटको अभाव देखाउँदै घुमाउरो शैलीमा काम गर्न नसक्ने जनाएको छ  ।

चिनियाँ ठेकेदार प्रमुख योहाङ जेनखुनले आफूहरुसँग कम भएको र मर्मतको काम गरेमा सो बजेट छिट्टै सकिने भएकाले काम गर्न समस्या भएको बताए । 

सडक आयोजनाले ठेकेदार कम्पनीले समस्या समाधान गर्न नमानेमा हस्तक्षेप गर्ने चेतावनी दिएको छ । बुटवल–नारायणगढ सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत कार्यलाई अगाडि बढाउन आग्रह गरिएको र पैसाको अभावको कारण देखाएर आमनागरिकलाई सास्ती हुने कुरामा पन्छिन नपाइने बताए ।

यद्यपि त्यसो गरिए आफूहरुले मर्मत गर्ने र पछि सोधभर्ना लिने जनाए । सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको स्पष्ट पार्दै निर्माण कम्पनीले दायित्व पूरा नगरे सम्झौताअनुसार प्रक्रिया अगाडि बढाइने बताए ।  

बुटवलदेखि नारायणगढसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । नारायणगढदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । 

यसो भन्छ प्रहरी 
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले दाउन्ने क्षेत्रको पाँच किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

अन्य ठाउँमा पहिरो जाँदा, बाटो भत्किँदा वैकल्पिक मार्ग निर्माण गर्न सकिन्छ तर लाइफलाइनका रुपमा रहेको दाउन्ने क्षेत्रमा कुनै विकल्प छैन । बर्खा लाग्नुअघि नै मर्मतको काम सक्नुपर्ने सुझाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ