- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बङ्गलादेशले शनिबार छ महिनादेखि पाँच वर्षसम्मका करिब दुई करोड २० लाख बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण गर्ने देशव्यापी अभियान सुरु गरेको छ ।
अभियानका लागि देशभरका एक लाख २० हजार स्थायी र अस्थायी केन्द्रमा दुई लाख ४० हजार स्वयंसेवक र ४० हजार स्वास्थ्यकर्मी खटाइएको छ ।
भिटामिन ‘ए प्लस’ क्याप्सुल खानका लागि शनिबार बिहानैदेखि अभिभावकहरू आफ्ना बालबालिकालाई ढाका र देशका अन्य ठाउँमा तोकिएका केन्द्रमा पुगेका थिए ।
स्वास्थ्य सेवा महानिर्देशनालयका प्रमुख अबुल बशर मोहम्मद खुर्शीद आलमले भने, “यसअघि यस्तो अभियानले रतन्धो र दादुरा, झाडापखालाजस्ता रोगबाट बालबालिकामा हुने जोखिम न्यूनीकरणमा सरकारको प्रयासमा योगदान पु¥याएको थियो ।”