arrow

युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता अघि बढाए नेतान्याहूले मान्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
israel-PM-benjamin-netanyahu.jpg

काठमाडौँ ।  इजरेली विपक्षी नेता याइर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता अघि बढाएमा समर्थन गर्ने बताएका हुन्  । 

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा पट्टीमा हमास लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई रिहा गर्नेलगायत पूर्ण युद्धविरामका लागि इजरेलले नयाँ योजना प्रस्तुत गरेको बताएका छन् । 

नेतन्याहूका अति दक्षिणपन्थी गठबन्धन साझेदारहरू राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यसअघि हमासको विनाश बिना नै युद्ध समाप्त भएमा आफ्नो सरकार ढाल्ने धम्की दिएका थिए ।

लापिडले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “यदि इटामर बेन ग्विर र स्मोटरिचले सरकार छोडेमा बन्धक सम्झौताका लागि नेतन्याहूलाई हाम्रो समर्थन रहनेछ ।” 

“इजरेली सरकारले राष्ट्रपति बाइडेनको महत्वपूर्ण भाषणलाई नजरअन्दाज गर्न सक्दैन,” लापिडले भने । 

“टेबलमा सम्झौताको प्रष्ट खाका छ र सरकारले यसलाई मान्नुपर्छ,” उनले भने । 

नेतन्याहूले हमासको विनाश बाइडेनले अघि सारेको इजरेली योजनाको हिस्सा भएको बताएका छन् । 

इजरेली सरकारी तथ्याङ्कमा आधारित विवरणअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरेलमा गरेको अकल्पनीय आक्रमणका कारण गाजा युद्ध सुरु भएको थियो, जसमा एक हजार १८९ व्यक्तिको मृत्यु भएको थियो ।

लडाकूहरूले २५२ जनालाई बन्धक बनाएका थिए भने तीमध्ये १२१ जना गाजामा रहेका छन् । गाजामा रहेका बन्धकमध्ये पनि ३७ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

गाजा पट्टीमा गत अक्टोबर ७ यता इजरेली हवाइ आक्रमण र स्थल आक्रमणमा कम्तीमा ३६ हजार ३७९ प्यालेस्टिनी मारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ