arrow

गाविसको ६५ लाख लिएर सचिव फरार !

स्वास्थ्यचौकी इन्चार्जलाई झुक्याएर खनखन्ती पैंसा झिके

logo
प्रकाश बम,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Farar-sachib-na.jpeg

डोटी । डोटीमा दुई गाविस सम्हाल्दै आएको एक जना गाविस सचिव सामाजिक सुरक्षा भत्ता र पुँजीगत तर्फको ६५ लाख लिएर फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविस सम्हाल्दै आएका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय वाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम ३९ लाख र पुँजीगततर्फको २६ लाख गरी ६५ लाख रुपैंया हिनामिना गरेर फरार भएका हुन् ।

सचिव सिंहले गाविसको रकम विभिन्न मितिमा साटेको खुल्न आएको जिल्ला विकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैङ्कले गाविसको पुँजीगत खाताबाट नियम विपरीत सचिवलाई भुक्तानी दिएको भेटिएको छ ।

दुबै गाविसको छानविनका लागि जिल्ला विकास समितिले तीन सदस्यीय समिति गठन गरेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए ।

फरार सचिव सिंहले जिजोडामाण्डौं स्थास्थ्यचौकी ईञ्चार्ज सरस्वती बिष्ट र पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदलाई झुक्यार पहिला नै चेकमा हस्ताक्षर गराएर रकम लिएर फराहर भएका रहेका छन् –श्रेष्ठले भने ।

गाविस सचिव सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछी संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस विज्ञप्ती जारी गरेर अब उपरान्त चेकमा कुनै पनि स्वास्थ्यकर्मील हस्ताक्षर नगर्ने जनाएको छ । यस अघि अधिकांश  गाविसमा स्वास्थ्य चौकी ईञ्चार्ज र गाविस सचिवको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको थियो ।

फरार सचिव सिँहलाई पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदले जिल्लामा ल्याउदा समेत जिविसका एक जना कर्मचारीले एउटा कागज बनाएर छोडेको स्वास्थ कर्मीहरुको आरोप छ । फरार गाविस सचिवलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्ने स्वास्थ कर्मीहरुको माग छ । फरार सचिवको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ