arrow

भारतको विधान सभा निर्वाचनमा कांग्रेस शून्य, अरुणाचलमा भाजपा र सिक्किममा एसकेएम विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
india-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको नतिजाको प्रतिक्षा भइरहँदा दुई राज्यको विधान सभा निर्वाचनको मतपरिणाम आएको छ । 

अरुणाचल प्रदेश र सिक्किमको विधान सभा निर्वाचनमा कांग्रेस भने शून्यमा झरेको छ । अरुणाचलमा भारतीय जनता पार्टी भाजपाले बहुमत सिट जितेको छ भने सिक्किममा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमले कब्जा जमाएको छ । 

अरुणाचलको ६० सिटमा भाजपाले ४६ सिट जितेको छ । यो राज्यमा भाजपाले पहिले भन्दा पनि सुधार गर्न सफल भएको छ । भाजपाले ३ सिट सुधार गरेको छ भने कांग्रेसले ३ सिट गुमाएको छ । 

त्यस्तै सिक्किममा एसकेएमले १२ सिटको सुधार गर्दै ३२ मध्ये ३१ सिट जित्दा एसडीएफले १ सिट जितेको छ । भाजपा भने १२ सिट गुमाएर शून्यमा झरेको छ । 

सिक्किमका कुनै समय पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग नजिक रहेका प्रेम सिंह तामाङ फेरि मुख्यमन्त्री बन्नेछन् । सरकारी पैसा हिनामिना आरोपमा दोषी पाइएपछि उनी २०१६ देखि २०१८ सम्म जेलमा बसेर फर्केपछि चुनाव लडेर २०१९ मा मुख्यमन्त्री भएका थिए । उनी दोस्रो पटक मुख्यमन्त्री हुनेछन् । 

यता लोकसभा निर्वाचनको मतगणना भने मंगलबार हुँदैछ । यसपालि पनि नरेन्द्र मोदीको सरकार बन्ने एग्जिट पोलको सर्वेक्षणले देखाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ