arrow

मदिरा नीतिमा फसेका केजरीवाल फर्के जेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
arvind-kejariwal-jail-2024.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पुनः तिहाड जेल फर्केका छन् । मदिरा नीति घोटालाका कारण जेलमा रहेका आम आदमी पार्टीका नेता केजरीवाललाई अदालतले लोकसभा चुनाव प्रचारका लागि भन्दै गत १० मेमा अन्तरिम जमानत दिएको थियो । अदालतले पाँच वर्षमा एक पटक चुनाव आउने भन्दै जुन १ तारिख शनिबारसम्मका लागि जमानत दिएको थियो । 

उनी आइतबार साँझसम्म कुनै पनि हालतमा तिहाड जेलमा पुग्नैपर्छ । मदिरा नीतिले जेल पुगेका केजरीवालले जेलमै रहे पनि मुख्यमन्त्रीको पद छाडेका छैनन् । 

जेलभित्रै बसेर दिल्ली सरकार चलाइरहेका छन् । तर जेल जानुअघि उनले कार्यकर्ताहरुसँग देश बचाउन जेल जाने बताएका थिए ।

केजरीवाललाई प्रबर्धन निर्देशालय (ईडी) ले २१ मार्चमा जेल पुर्याएको थियो । पक्राउ परेको ३९ दिनपछि उनी मे १० मा चुनावका लागि रिहा भएका थिए । 

ईडीले नौ पटकसम्म सोधपुछका लागि बोलाउँदा नगएपछि पक्राउ गरेर लगेको थियो । उनले सर्वोच्च अदालतलाई जमानतका लागि अपीलसमेत गरेका छन् । 

तर अदालतले उनलाई छाड्न चार शर्त राखेको छ । ती शर्तहरुमा 
१, उनी मदिरा नीतिका बारेमा कतै बयान दिने छैनन् । 
२, मुख्यमन्त्रीको कार्यालय र दिल्ली सचिवालय जाने छैनन् । 
३, सरकारी कामकाजमा दखल दिने छैनन् तथा कुनै फाइलमा हस्ताक्षर गर्ने छैनन् । 
४, साथै मदिरा नीतिसँग जोडिएका कुनै पनि साक्षीसँग कुराकानी गर्ने छैनन् । 

तर चुनावी प्रचारका क्रममा उनले अफबाह फैलाउने प्रयास धेरै नै गरेपछि अदालतले यसलाई गम्भीरपूर्वक लिएकोसमेत बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ