arrow

दाङका धनौरि गाविसवासि संघर्षमा

logo
शंकर के सी,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Dang-hamrakura.jpg.jpeg
 दाङ। दाङमा शान्तिनगर गाउँपालिका नामाकरण गरेर त्यसको केन्द्र धनौरि ७ खैरेनी राख्ने भन्ने निर्णय भइसकेपनि अहिले अन्यत्रै केन्द्र तोकीएको भन्ने खबर आएको भन्दै धनौरि गाविसवासि आन्दोलित भएका छन् । 
 
बुधबार मंसिर १५ गते काग्रेस धनौरिका सभापती रत्न बहादुर भण्डारिको अध्यक्षतामा बसेको सर्वपक्षिय, सर्वदलीय पक्षको बैठकले अहिले शान्तिनगरको जुम्लेकुला भन्ने स्थानमा गाउँपालिकाको केन्द्र बनाएको खबर विभिन्न संचारमाध्यमबाट आएको भन्दै त्यस कार्यको विरोध गरेको छ । 
 
साथै यस अघि नै स्थानीय तह प्राविधिक सहयोग समिती दाङले शान्तिनगर, धनौरि र बाघमारे गाविसलाइ मिलाएर बनाएको शान्तिनगर गाउँपालिका र त्यसको केन्द्र धनौरिको खैरेनीलाइ राख्ने भनेर गरेको निर्णयलाइ नै कायम राख्न बैठकले माग गरेको छ ।
 
अन्यथा चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने निर्णय धनौरिगाविसवासिले गरेको नरेश डाँगीले जानकारि गराए । सकै मापदण्ड पुगेको, पायक पर्ने स्थान धनौरिको खैरेनीमा नै गाउँपालिकाको केन्द्र राख्ने निर्णय सर्वदलीय, सर्वपक्षिय बैठकबाट भएपनि अहिले आएर बदमासि भएको भन्दै उनीहरु संघर्षमा उत्रीएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ