arrow

गाजालाई अनिकालबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य निकाय ( युएनआरडब्लुए) का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताएका छन् । 

“गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन र मानवीय सङ्कट झन् जटिल हुँदै गइरहेको छ”, गाजामा युएनआरडब्लुएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले इजिप्टको सरकारी अल–काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा भने ।

उनले इजराइली आक्रमणका बीच दक्षिणी सहर रफाहबाट भागेका प्यालेस्टिनीहरूले दक्षिणी गाजा शहर खान युनिस र मध्य गाजाका आश्रय केन्द्रहरू भरिएको र प्रत्येक केन्द्रमा जम्मा भएका मानिसको सङ्ख्या करिब १६ हजार रहेको बताए । 

टोलीहरूले स्वास्थ्य सेवाहरू प्रदान गर्न र आश्रयहरूमा खाद्य आपूर्तिहरू वितरण गर्ने प्रयास गरिरहेका भन्दै उनले अनिकालबाट बच्न पर्याप्त खाद्य सहायता चाहिने धारण राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ