arrow

संघीयता र राजसंस्थामा जनमत संग्रह, सेरेमोनियल राजा राख्दा फरक पर्दैन : खुमबहादुर

माओवादी देश बर्बाद पार्नेहरुको झुण्ड

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
khum-bhahadur-khadka-new-bardiya.jpg.jpeg

काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्काले देश राजनीतिक अस्थिरताले अस्तव्यस्त भइसकेकाले अब सेरेमोनियल राजा राख्दा फरक नपर्ने बताएका छन्  ।

काठमाडौंमा आयोजित हिन्दु राष्ट्र अभियानको एक कार्यक्रममा नेता खड्काले अहिले राजनीतिक दलहरुप्रति जनताको विश्वास घटेको भन्दै स्थिरताका लागि नाम मात्रको राजा भएपनि राख्नुपर्ने तर्क गरेका हुन् ।

गिरिजाबाबुले समेत बेबी किङ्गको कुरा गरेका थिए, उनले भने, ‘आज पूर्व राजा ज्ञानेन्द्र शाह देशको जुनसुकै ठाउँमा गएपनि जनताको ताँती लाग्छ किन ? अहिले पहिलेको जस्तो राज्य व्यवस्था पनि छैन । पहिले पहिले त पुलिस लाएरपनि राजा आउँदा जनता उतार्ने गरिन्थ्यो । अहिले त्यस्तो छैन । आफै जनताको ताँती लाग्छ ।’ राजनीति दलहरुकै कारण राजाप्रति जनताको आकृर्षण बढेको खड्काले बताए ।

जनमत संग्रहमा बढी जोड दिएका खड्काले भनेका छन्, ‘राज संस्थाका विषयमा पनि जनमत संग्रह हुनु पर्छ । सेरेमोलियल राजा राख्दा कुनै फरक पर्दैन जस्तो लाग्छ मलाई ।’

संघीयताका विषयमा पनि जनमत संग्रह गरौं
नेता खड्काले संघीयताका विषयमा पनि जनमत संग्रह गर्नुपर्ने बताए । उनले भने, ‘आज यिनै राजनीतिक दल मधेसले भाग खोज्यो भनिरहेका छन् । हिजो यिनीहरुले नै मधेस स्वायत्त प्रदेश भनेर आम घोषणा गरेका हुन् । जसमा एमाले, कांग्रेस, माओवादी कोही अछुतो छैन । आज मधेसलाई माग्यो भन्न मिल्छ कि मिल्दैन ? यस्तो विचलन किन आयो ?’ तराईमा एउटा मेधस प्रदेश हुनुपर्ने र पहिले कायम पाँच विकास क्षेत्रलाई मुख्य आधार मान्नु पर्नेमा उनले जोड दिए । नभए जनमत संग्रहमा जानुपर्छ–खड्काले भनेका छन् ।

कांग्रेसभित्रै विद्रोह गर्ने दिन आइसक्यो
कांग्रेसमा ठालु शैली हावी भएको आरोप खुमबहादुरले लगाएका छन् । उनले भने, ‘हिजो वीपीले पार्टी ठालुहरुको हातमा जानेछ । त्यसपछि पार्टी भित्रैबाट कार्यकर्ताले विद्रोह गर्नेछन् भन्नु भएको थियो । अब त्यो दिन आइसक्यो । कांग्रेस आज दिशाहिन भएको छ । के आज कांग्रेस वीपीको बाटोमा छ ।’ वीपीले भनेझैँ झुण्डहरु हावी भएका छन् । अब कार्यकर्ताले विद्रोह गर्नु पर्ने बेला आइसकेको छ । उनले तर्क गर्दै भने वीपीले जन्माएका नेताहरु खै ? कोही छ ? कोही छैन एक्लै रामचन्द्र जी हुनुहुन्छ ।

माओवादी देश बर्बाद पार्नेहरुको झुण्ड
माओवादी पार्टी कुनै राजनीतिक दल नभएको र त्यो पार्टीमा नेता नभएको टिप्पणी पनि खुमबहादुरले गरेका छन् । उनले भने, ‘नेपालमा अस्थिरता सिर्जना गर्न खडा भएका झुण्डहरु हुन् । माओलाई वद्नाम गर्दै छन् । नेपाललाई बर्बाद पार्दै छन् ।’ माओवादीमा कुनै राजनीतिक चरित्र छैन ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ