arrow

कोलम्बोसहित ७१ डिभिजन डेंगीको उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
dengue--ji-ha.jpeg

काठमाडौँ । श्रीलङ्काको राष्ट्रिय डेंगी नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेंगी ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ ।

एनडिसियुले मे २६ र जुन १ को बीचमा गरेको सर्वेक्षणमा लामखुट्टे प्रजनन स्थानहरूमा वृद्धि भएको फेला परेको विज्ञप्तिमा जनाएको छ ।

एजेन्सीले जनवरीदेखि अप्रिलसम्म डेंगी घटनाहरू तुलनात्मकरूपमा कम रहे पनि विगतका वर्षहरूको अनुभवअनुसार दक्षिणपश्चिम मनसुन सुरु भएसँगै मेदेखि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ