arrow

प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन दर्ता

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
bibeksil-mag.jpeg
काठमाडौँ । विवेकशील नेपाली दलले प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न निवेदन दर्ता गराएको छ । विवेकशीलले  बुधबार दिउसो  सिंहदरबार स्थित प्रधान्मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता गराएको हो।
 
 चिकित्सा शिक्षा क्षेत्रमा भैरहेको लुटतन्त्र विरुद्ध डाक्टर गोविन्द केसीको १० औं सत्याग्रहको १८ दिन बितिसक्दा सरकार संवेदनशील नबनेको भन्दै विवेकशीलले आपत्ति जनाएको छ । 
 
एम.बि.बि.एस अध्ययन शुल्कको लागि सरकार आफैले तोकेको ३५ लाख रुपैया नियमन नगर्दा, विभिन्न मेडिकल कलेजहरुले उठाईरहेको रकमको सामान्य मात्र हिसाब गर्दा हुन आउने ४ अर्ब रुपैया बराबरको रकमको खुलेआम लुटेको आरोप लगाएको छ । 
 
सो दलले सरकारले देखाएको गैह्रजिम्मेवार ब्यवहारको भ्रत्सना गर्दै डा. गोविन्द केसीले उठाएका सम्पूर्ण मागहरु यथाशिघ्र पुरा गरी केसीको जीवन रक्षा गर्न माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ