arrow

राज्यमन्त्रीलाई स्वागत गर्दै मन्त्री शाहीले भने - 'मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाएरै छाड्‌छु'

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
rajyamantri-lai-swagat.jpeg
 
 
काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त मन्त्रालय बनाएरै छाड्‌ने उद्घोष गरेका छन् । नवनियुक्त राज्यमन्त्री इन्द्र बाँनियालाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।
 
कार्यक्रममा मन्त्री शाहीले आफू केहीं गर्नका लागि मन्त्री भएको भन्दै मुलुकको समृद्धिमा जोड दिएको बताए । यसका लागि मन्त्रालयका सचिव लगायतका सबै कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको बताए । शाहीले मन्त्रालय सिस्टममा चल्ने भन्दै यसमा साथ दिन सबै सँग आग्रह समेत गरे।
 
मन्त्री शाहीले अहिलेको अवस्थामा विकास गर्न कठिन भएको भन्दै नीति र शैली बदल्नु पर्ने स्पष्ट पारे।  उनले  मुलुकमा नयाँ इमेज छाडेर जाने भन्दै आफूहरुको कारण संस्था र देश डुब्न नदिने धारणा राखे। लोभ र लालचबाट टाढा नै रहनु पर्ने भन्दै शाहीले मुलुकको हितमा जोड दिनुपर्ने बताए ।
 
राज्यमन्त्री बानियाले मन्त्री शाही भएकै कारण आफूले पर्यटन मन्त्रालय रोजेको बताउदै पर्यटन क्षेत्र विकास , संस्कृतिक सम्पदाको संरक्षण र सम्बर्दन र बायु सेवा निगमलाई विश्व बजारमा  प्रतिस्पर्धी बनाउँन भूमिका खेल्ने बताए ।कार्यक्रममा पर्यटन सचिव शंकर अधिकारीले मन्त्रालयको विषयमा जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ