arrow

सडक विभाग र महानगरबीच न्यूरोडमा तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
newroad-sadak-bibhag-mahana.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।

सडक विभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । 

केही स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको छ ।

यसअघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर वालेन्द्र साह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ