arrow

डेढ किलो कोकिनसहित दुई मलेसियाली नागरिक पक्राउ

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
jail-.jpg.jpeg
काठमाडौँ । मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले उनीलाई मङ्गलबार चाक्सीबारीस्थित एक होटलबाट पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले सो कोकिन ब्राजिलबाट युएई हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए । 
 
काठमाडौँबाट सो कोकिन हङकङ पठाउने र त्यहाँ ‘म्याक्स’ नामका व्यक्तिले सो कोकिन लिने तयारी रहेको प्रहरीले जनाएको छ । जोसेफले सो कोकिन ल्याएर काठमाडौँमा राजनलाई दिन लागेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो । भारतीय मुलकी जोसेफले कोकिन नेपाल ल्याएबापत खर्चबाहेकको पाँच सय डलर पाउने प्रलोभनमा सो कार्य गरेको प्रहरीलाई बयान दिएकी छन् । 
 
त्यस्तै राजनले सो कोकिन हङकङ पुर्‍याएबापत दुई हजार मलेसियन रिङ्गेट अर्थात ५६ हजार पाउने प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्यादथप गरी अनुसन्धान भइरहेको छ । बरामद कोकिनको अनुमानित बजार मूल्य तीन करोड रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ