arrow

देश अब निर्वाचनतिर : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
PM-veio.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन दर्ता भएपछि देश अब निर्वाचनतिर अघि बढ्ने बताएका छन् । निर्वाचन गर्ने प्रयत्नकै लागि संविधान संशोधन प्रस्ताव ल्याएको दाहालले सुनाए ।

बुधबार बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो ।

अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो । संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्नेछ ।’

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताए । ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्रीले भने । भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ