arrow

भाजपाको सिट घट्दा भारतीय शेयर बजारमा भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
bse-sensex-inida.jpg

काठमाडौँ। लोकसभा निर्वाचन अन्तर्गत मतगणना चलिरहँदा भारतीय शेयर बजार भारी मात्राले घटेको छ। निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक अलाइस (एनडीए) को प्रदर्शन तुलनात्मक रूपमा कमजोर देखिएपछि बजारमा भारी गिरावट आएको हो। 

अहिले मतगणना चलिरहँदा एनडीए गठबन्धन २९० स्थानमा अगाडी छ। त्यस्तै, काँग्रेस आई नेतृत्वको इन्डिया गठबन्धन २२५ स्थानमा अगाडी छ। उत्तर प्रदेश, महाराष्ट्र, राजस्थान लगायत प्रदेशमा भाजपाको अग्रता भारी कम भएसँगै यो गठबन्धनको सिट घटेको हो। यद्यपि अहिले सो गठबन्धन बहुमत स्थानमा अगाडी छ।

अहिले शेयर बजार परिसूचक ४.१२ प्रतिशतले घटेको छ। यो परिसूचक ३ हजार १ सय ५० अङ्कले घटेर ७३ हजार ३ सय अङ्कमा झरेको छ। 

त्यस्तै, निफ्टी इन्डेक्स पनि ४.३२ अर्थात् १ हजार अङ्कभन्दा बढीले घटेर २२ हजार २५९ अङ्कमा झरेको छ। यो स्थानीय समय अनुसार ११ बजेको अवस्था हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ