arrow

मन्त्रालयका पात्र र प्रबृत्ति चिनियो, अव पालो कार्यान्वयनको : स्वास्थ्य मन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रालयमा अव कार्यान्वयनको चरण सुरु भएको बताएका छन् । राज्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता तारामान गुरुङ्गलाई स्वागत गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले अहिले सम्म स्वास्थ्य क्षेत्र र मन्त्रालयका पात्र तथा प्रबृत्तिलाई अध्ययन गर्न विताएकाले अव कार्यान्वयनको चरणलाई अभियानको रुपमा लैजाने बताए ।
 
आफुले थप सहयात्रीको रुपमा आफ्नो आदरणीय नेता गुरुङ्गलाई पाएकाले अव काम गर्न अझ सजिलो हुने विश्वास पनि व्यक्त गरे। अहिले सम्म मन्त्रालयको राजनीतिक नेतृत्व मैले मात्रै गर्दै आईरहेकोमा अव जोडा भेटेको छु, जिम्मेबारी बाँडफाँड गरेर कामलाई तिव्रताका साथ अगाडी बढाउने छौं, मन्त्री थापाले भने।
 
थापाले स्वास्थ्य मन्त्रालयमा क्षमतावान जनशक्ति रहेपनि त्यसको पर्याप्त उपयोग हुन नपाएको उल्लेख गर्दै अव सवैजना महशुस गर्न सकिने परिवर्तन गर्नेगरी सक्रिय हुने विश्वास व्यक्त गरे । उनले कुनै नयाँ काम गर्ने भन्दा पनि भईरहेका पुराना कामहरुलाई नै दुस्तदुरुस्त र प्रभावकारी कार्यान्वयन नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।
 
कार्यक्रममा नवनियुक्त राज्य मन्त्री गुरुङ्गले युवा नेताले सम्हालेको मन्त्रालय भएकाले आफुले पनि युवा जोश जाँगरका साथ काम गर्ने अठोट व्यक्त गरे । स्वस्थ्य मन्त्री थापाले धेरै प्रशंसनीय कामहरुको सुरुवात गरेकाले त्यसलाई अझ फराकिलो र प्रभावकारी बनाउन आफुले होस्टेमा हैसे गर्ने राज्य मन्त्री गुरुङ्गले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ