- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । बिहान ८ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडि रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।
अहिलेसम्म एनडीए गठबन्धन २९६ स्थानमा अगाडि छ । दुई सिट भाजपाले जितेको छ । तर भाजपाले बहुमत गुमाएको छ । इन्डिया गठबन्धन २१३ स्थानमा अगाडि रहेको छ ।
भाजपाले एडीए गठबन्धनभित्र २३८ सिटमा अग्रता लिएको छ भने दुई सिट जितेको छ । भाजपाले केन्द्रमा बहुमत भने गुमाएको छ । भाजपाले सन् २०१९ को निर्वाचनको तुलनामा ६३ सिट कम ल्याउने देखिउको छ ।
विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठूलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि रहेको छ ।
जबकि २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडि रहेको छ । यो समाजवादीको ठूलो फड्को हो ।