arrow

महाधिवेशन हुन एक साता बाँकी रहँदा हावाहुरीले ढल्यो जसपाको पण्डाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
jasapa-pandal.jpg

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।

सोमबार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ । 

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ । 

टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए। उहाँले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ