महाधिवेशन हुन एक साता बाँकी रहँदा हावाहुरीले ढल्यो जसपाको पण्डाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
813
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।
जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।
सोमबार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।
एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ ।
टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए। उहाँले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताए ।