arrow

यथास्थितिमा संशोधन विधेयकलाई समर्थन नगर्ने मधेसी मोर्चाको निर्णय (विज्ञप्तिसहित)

थप निर्णय संघीय गठबन्धनले गर्ने

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
madhasi-morcha-meet-new.jpeg

काठमाडौं । संविधानप्रति असन्तुष्ट संयुक्त लाकेतान्त्रिक मधेसी मोर्चाले यथास्थितिमा संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने निर्णय गरेको छ ।

माओवादी–कांग्रेस गठबन्धन सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको भोलिपल्टै साझा धारणा तय गर्न भन्दै बसेको मोर्चा बैठकले माग अनुसार कुनै पनि कुरा पूर्ण भएर नआएको भन्दै यही अवस्थामा समर्थन नगर्ने निष्कर्ष निकालेको संघीय समाजवादी फोरम संदीय दलका प्रमुख सचेतक शिवजी यादवले बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको बैठकबाट बाहिरिँदै यादवले भने, ‘यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने मूल निर्णय भयो । के–के विषय मिलेन भन्ने कुरा प्रेस विज्ञप्तिमा छ । यसपछि सरकारको नेतृत्व गरिरहेका दलहरुसँग कुरा हुन्छ ।’ हामीसँग सहमति गरिएन । कुनै पनि संशोधनमा चित्त बुझाउन ठाउँ छैन ।

सीमाङ्कन, नागरिकता र भाषाका विषयमा पनि हामीले भनेको जस्तो कुरा आएको छैन । भाषाको विषय अनुसूचीमा राख्ने भनिएको छ, यो त भएन–उनले भने । यादवले प्रधानमन्त्रीसँग भएको सहमति र छलफलबारे उपेन्द्र यादवलगायत शीर्ष नेताले केही नभनेको सुनाए । यस्तै, विहिबार संघीय गठबन्धनको बैठक बसेर थप निर्णय गर्ने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ