arrow

भाजपा गठबन्धनलाई बहुमत आएसँगै मोदीले बुधबार सरकारको दावी पेश गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
bjp-leaders-2024-modi-shah.jpg

नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा को गठबन्धन एनडीएले बहुमत हासिल गरेको छ । 

सन् २०१९ को अवस्थामा भाजपा नपुगे पनि सत्ता गठबन्धनको बहुमत आएसँगै बुधबार सरकारका लागि दावी पेश गर्न सक्ने बताइएको छ । 

शपथका लागि राष्ट्रपति भवनमा तयारीसमेत शुरु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

भाजपा एक्लैले २७२ को बहुमतको आँकडा पूरा गर्न नसके पनि भाजपाको गठबन्धनले बहुमतको आँकडा पार गरेकाले सरकारको दाबी गर्न सक्ने भएको हो । 

भाजपाले गठबन्धनको बैठक बुधबारका लागि बोलाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमार र टीडीपीका नेता चन्द्रबाबु नायडूलाई फोना गरेर बैठकका लागि बोलाएका छन् । 

त्यस्तै विपक्षी इन्डिया गठबन्धनले पनि दिल्लीमा बैठक बोलाएको छ । उक्त बैठकमा आगामी रणनीतिबारे छलफल गरिने साँझ गरिएको पत्रकार सम्मेलनमा कांग्रेस नेता राहुल गान्धीले बताए । 

चुनाव आयोगका अनुसार भाजपाले २४०, कांग्रेसले ९९, समाजवादी पार्टीले ३७, टीएमसीले २९, डीएमकेले २२, टीडीपीले १६, जेडीयूले १२, शिवसेना यूटीबीले ९, एनसीपी शरद पवारले ७, शिवसेना शिन्देले ७, लोक जनशक्ति पार्टी रामविलासले ५ तथा राजदले ४ सिट जितेको छ । 

बहुमतका लागि २७२ सिट जिते पुग्नेमा एक सिटमा भाजपा निर्विरोध विजयी भएको थियो । 

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा दोस्रो लामो चुनाव सात चरणमा सकिएको थियो । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो । 

सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो । गत जुन १ तारिख ९शनिबार जेठ १९ गते० चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको थियो । 

विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको थियो । भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको थियो । 

तर त्यो दाबी भन्दा निकै कम सिट जिते पनि एनडीएले बहुमत भने हासिल गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति कम जित्नुका पछाडि भाजपाका ८ तथा एडीएका १० कारण बताएका थिए । उनले ३४ मिनेटको भाषणमा तेस्रो कार्यकालका लागि आफूलाई चुनेको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ