arrow

चार दलकाे बैठक : सरकारले राखेकाे निर्वाचन प्रस्तावमा एमालेकाे भद्र समर्थन

बामदेवकाे नेतृत्वमा एमाले नेता पुगे सिंहदरबार, निर्वाचनको प्रस्तावमा हामीले समर्थन जनायौं : सुवास नेम्बाङ

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Four-Party-meet.jpeg

काठमाडौं । विपक्षी एमाले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सहभागि भएको छ । वुधबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाएको चार दलको बैठकमा एमाले उपाध्यक्ष बामदेम गौतमको नेतृत्वमा सहभागि भएको हो । बैठकमा अर्का उपाध्यक्ष भीम रावल, संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत सहभागि भए ।

चार दलको बैठकमा एमालेले स्थानीय तहको निर्वाचन गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएको छ । बैठकमा सहभागि संसदीय दलका उपनेता नेम्बाङले हाम्राकुरासँग भने, ‘बैठकमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा कुरा भयो । हामीले निर्वाचना जानुपर्छ पहिले देखि भनेका थियौं । तपाइहरुले आफै बोलाउनु भो ठिक छ । तर, निर्वाचन समयमै गराउनुस् भनेर हामीले भन्यौं ।’ संविधान कार्यान्वयनका लागि पनि निर्वाचन समयमै गराउनु नै पर्छ भनेर हामीले जो दियौं । अनि उहाँहरुले के भन्नु भो ? नेता नेम्बाङले भने, ‘निर्वाचनमा जाऔं । हामी समयमै स्थानीय तहकै निवार्चन गर्छौ भन्नु भयो ।’ अन्य विषयमा पनि कुरा भयो ? नेम्बाङले अन्य विषयमा कुरा नभएको जानकारी दिए ।

समयमै निर्वाचन हुन्छ ?
नेता नेम्बाङले आफुहरुले सत्ताधारीहरुलाई आयोगको काम समयमै नसकिएको र निर्वाचन सम्बन्धि कानून नबनाएकोबारे सोधेको जानकारी गराए । नेम्बाङले भने, ‘कानून तयार गर्छौ भन्नु भो । छैन । अब समयमै निर्वाचन गर्छु भन्नु भएको छ के गर्नु हुन्छ ।’ समयमा निर्वाचन नगराई सुखै छैन ।

तपाईहरुको सहयोग चैं ? जवाफमा नेम्बाङले भने, ‘हामीले निर्वाचनमा जाने कुरामा नाई भनेकै छैनौं । अहिले होइन पहिले देखि बारम्बार हामीले निर्वाचन र संविधान कार्यान्वयनको कुरा गरिरहेका छौं ।’ अब निर्वाचनमा जाने तयारी हुन्छ भने हामी सहयोग गर्छौ ।

यसैगरी, संविधान संशोधनका विषयमा सत्ताधारीहरुसँग आफुहरुलाई भन्नु कुनै कुरा नरहेकाले बोल्ने आँटै नगरेको नेता नेम्बाङले बताएका छन् । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अहिलेकै संरचनामा भए पनि निर्वचन गर्नुपर्ने मत राखेका बताइएको छ ।

एमाले नेताहरुले स्थानीय निर्वाचन चाँडो हुनुपर्ने  भन्दै नयाँ संरचना कि पुुरानैमा गर्ने भन्ने आपसमा विमत्ति नराखि तत्काल सहमति गर्न आग्रह गरे । माओवादी नेता नारायणकाजी श्रेष्ठले भने नयाँ संरचनाअनुसार स्थानीय तहकै चुनाव गर्नुपर्ने अडानमा छन्

सरकारको उल्टो हिँडाई रावल
एमाले उपाध्यक्ष भीम रावलले सरकारले संविधान संशोधन दर्ता गरेर निर्वाचनको कुरा गर्नु उल्टो हिँडाइ भएको बताएका छन् । यस्तै, रावलले स्थानीय निकाय कि स्थानीय तहको निर्वाचन भन्नेमा सरकार प्रष्ट हुनुपर्ने पनि औंल्याए । अब स्थानीय तहकै निर्वाचन भएर संविधान कार्यान्वयन हुनुपर्नेमा रावलले जोड दिए ।
माओवादी नेताहरुले संविधान संशोधन आफ्नो प्रक्रियामा रहने भन्दै स्थानीय चुनावका लागि कानुन बनाउन सहयोग मागे । जवाफमा एमाले नेताहरुले कानुन बनाउने सवालमा सहयोग रहने संकेत दिए ।

को–को सहभागि भए ?
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उप्रधानमन्त्री विमलेन्द्र निधि, एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, नेता सुवास नेम्बाङ र राप्रपाबाट अध्यक्ष कमल थापा लगायत नेताहरु सहभागि भए । यस्तै, बैठकमा एमाले अध्यक्ष केपी ओलीलाई समेत बोलाइएको थियो । यद्यपि उनलाई पेटको समस्या भएको भन्दै बैठकमा सहभागि भएनन् । ओलीलाई पखाला लागेको बताइयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ