arrow

बजेटको विश्वसनीयताबारे अर्थमन्त्रीलाई गगन थापाका प्रश्नैप्रश्न  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
gagan-thapa-81-2-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका हुन् ।

उनले जे लेखे पनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । 

उनले वैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको तर गत वर्ष ५० अर्ब आउँछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ