arrow

बस्यो सहकारी ठगी संसदीय छानबिन समितिको पहिलो बैठक [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
sahakari-samsadiya-samiti-2.jpg

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बुधबार बसेको छ ।

समितिको पहिलो बैठक सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बसेको हो । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि गत जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि कांग्रेसले छानबिनका लागि माग गरेको हो । 

रविको नाम प्रत्यक्ष नलेखिएको भए पनि उनले प्रयोग गरेको सहकारीको छानबिन हुने भएसँगै उनी स्वतः मुछिने छन् । यद्यपि यसअघिका छानबिन समितिका निचोड कार्यान्वयनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा ढिसमिस गराउने खराब प्रवृत्ति बसालेकाले यसको निश्पक्ष छानबिन र कार्यान्वयन पक्ष सही बाटोमै जानेमा शंका कायम छ । 

sahakari-samsadiya-samiti-2081-2-23 (6).jpg
sahakari-samsadiya-samiti-2081-2-23 (7).jpg
sahakari-samsadiya-samiti-2081-2-23 (8).jpg
sahakari-samsadiya-samiti-2081-2-23 (1).jpg
sahakari-samsadiya-samiti-2081-2-23 (2).jpg
sahakari-samsadiya-samiti-2081-2-23 (3).JPG
sahakari-samsadiya-samiti-2081-2-23 (4).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ