arrow

नरेन्द्र मोदीले दिए पदबाट राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
narendra-modi-cheers-electi.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रिपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् । यस राजीनामासँगै सन्  २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनको लागि मार्ग प्रशस्त गर्नेछ ।

राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्री परिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएकी छिन् । 

राजधानी दिल्लीमा बुधबार बसेको भारतको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेश गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू) को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

बुधबार गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ । 

एनडीएका नवनिर्वाचित सांसदहरूको बैठक शुक्रबार राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।
 
लोकसभा चुनावको नतिजाअनुसार भारतीय चुनाव आयोगले ५४३ लोकसभा निर्वाचन क्षेत्रको परिणाम घोषणा गरेको  छ । जसमा भाजपाले २४० तथा कांग्रेसले ९९ सिट जितेको छ ।

सन् २०१४ को लोक सभा निर्वाचनमा २८२ सिट र सन् २०१९ मा ३०३ सीटमा विजय भएको भाजपाले यो वर्षको निर्वाचनमा तुलनात्मकरूपमा केही कम सीट ल्याएको हो । 

अर्कोतर्फ, कांग्रेसले सन् २०१९ मा ५२ र सन् २०२४ मा ४४ सिटको तुलनामा यसपालि ९९ सिट ल्याई संसद्मा प्रतिपक्षीको उपस्थितिलाई बलियो बनाएको छ । 

कडा प्रतिस्पर्धाबीच भएको निर्वाचनमा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) समूहले २३० भन्दा बढी सीट ल्याउन सफल भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ