arrow

सर्वोच्चले माओवादी उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको मुद्दाको फैसला असार १२ मा सुनाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
agni-sapkota-03-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको फैसला असार १२ गते सुनाउने भएको छ । 

तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा श्रीमान्‌ अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै काभ्रेकी पूर्णिमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरी दिएकी थिइन् । 

सो मुद्दामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरी फैसला सुनाउने मिति तोकेको हो ।

लामालाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाइ ज्युँदै पुरेको भनी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काभ्रेमा दिएको जाहेरी लिन प्रहरीले नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले २०६४ फागुन २२ गते जाहेरी दर्ता गराउने आदेश जारी गरेको थियो । त्यसपछि सापकोटा विरुद्धको दर्ता जाहेरी बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

लामो समयसम्म तामेलीमा बसेको उक्त मुद्दाको फैसला असार १२ मा हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ