arrow

लोकमानको महाअभियोगबारे संसदमा हुने छलफल घानमा पर्ने, एमालेबाट संसद अवरुद्ध

प्रमुख सचेतक भन्छन्–‘आमा नै मरेपछि गर्भको बच्चाको के अर्थ’

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
uml-logo.jpg.jpeg
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने निर्णय गरेसंगै अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे संसदको बिहीबारको विशेष बैठक नहुने भएको छ । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि रुष्ट बनेको एमालेले बुधबार नै संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । 
 
संसदमा बिहीबार लामो समयदेखि अगाडि बढ्न नसकेको कार्कीको महाअभियोगमा छलफल गरी बिहीबारै समितिमा पठाउने कार्यतालिका छ । व्यवस्थापिका संसद सचिवालयका उपसचिव सुदर्शन कुईकेलका अनुसार दिउँसो १ बजे संसद बैठक डाकिएको छ । 
 
तर एमालेले नै महाअभियोग प्रस्ताव दर्ता गरेको यो विषयमा अहिले आएर एमालेकै कारण ढिलाइ हुने देखिएको छ । 
 
कुईकेलले एमालेले अवरोध गर्ने सुनिएकाले अलमल हुनसक्ने बताए । उनले सभामुख ओनसरी घर्ती मगरले मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकोसमेत बताए । यो बैठकबाटै कसरी अगाडि बढ्ने योजना बन्ने पनि उनले जनाए । 
 
के भन्छ त एमाले ? 
एमालेले नै दर्ता गराएको महाअभियोग पछाडि धकेलिने भयो नि संसद अवरुद्ध गर्दा भन्ने हाम्राकुराको जिज्ञासामा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने ‘आमाको गर्भमा बच्चा रह्यो, आमा मरी बच्चा चाहीं के भयो होला जस्तो प्रश्न भयो ।’ 
 
ढकालले यतिठूलो गम्भीर विषयका लागि संसद अवरुद्ध गर्न लागेकाले लोकमानको विषय छायाँमा परेको स्वीकारे । 
 
उनले अगाडि भने, ‘लोकमानका बारेमा हामीले धेरै छलफल गरिसक्यौं, आज एक दिन छलफल नहुँदैमा खासै केही बिग्रदैन ।’ 
 
एमालेको सहमति बिना नै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले रुष्ट बनेको छ । एमालेले औचित्य प्रमाणित नगरी संविधान संशोधन गर्नु हुन्न भन्ने सुरुवातदेखि नै अडान लिएको छ । 
 
तर केपी ओली प्रधानमन्त्री भएका बेलामा भारत जानका लागि र भारतलाई रिझाउनका लागि भने संविधान संशोधन गरी मधेसी मोर्चाका माग संवोधन गर्छौं भनेका थिए । 
 
एमालेले बिना औचित्य र माग बिना नै प्रदेश नम्बर पाँचलाई टुक्रयाउने निर्णयको विरोध गर्दै सो क्षेत्रमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ