arrow

मुस्ताङ चिसोको कहर, चिसो बढेपछि प्रहरी चौकी पनि गाभिन थाले

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
mustang.jpeg
मुस्ताङ । अत्यधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि नै बेँसी झर्न थालेपछि सर्वसाधारणको चहलपहल घटेका कारण प्रहरी चौकी अस्थायी रुपमा गाभिएको हो । 
 
घमी, सुर्खाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा अस्थायी रुपमा मर्ज गरिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए । 
 
चिसोमा इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रनाउ योगीले जानकारी दिए । 
 
‘बेसी झरेका सर्वसाधारण गाउँ फर्कनेबित्तिकै प्रहरीचौकी पुनः स्थापित हुनेछन्”, प्रनाउ योगीले भने । घुम्ती व्यापार गर्न उपल्लो ६ गाविसका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि फागुन अन्तिम हप्तासम्म देशका विभिन्न जिल्लामा पुग्ने गर्छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ