arrow

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयसँग छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
kehi-nepal-bidhayak.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल शुरु गरेका छन् । बिहीबार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रूपमा छलफल गरेका हुन् । 

छलफलका क्रममा उनले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरेको बताए । उनले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमा संसद्को समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताए । उनले छिटै नै छलफललाई टुङ्ग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुर्‍याउने गरी काममा जुटेको बताए ।

उनले भने, ‘हामी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ । संसद्को समितिमा यस विषयमा छलफल हुने क्रममा माननीयज्युहरुको बीचमा जति विषयमा जति मन्त्रालयका संशोधनहरूमा सहमति जुट्यो त्यो सहमतिबाट नै अघि बढिसकेको अवस्था छ । जुनजुन मन्त्रालयको सम्बन्धित विधेयकमा सहमति जुट्न सकेको अवस्था छैन, त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव ज्यु, मन्त्रीज्युहरु र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ । त्यसमा कुन कुन मन्त्रालयले परेका संशोधनहरूमा वर्न गर्ने वा नगर्ने भन्नेबारेमा छलफल चलिरहेको छ । १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमा संसद्को समितिमा सहमति जुटी नसकेको हुनाले १० वटा मन्त्रालयका मन्त्रीज्युहरु र पदाधिकारीहरूसँग छलफलमा छौँ । छिटै नै यो छलफललाई टुङ्ग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुर्‍याउने गरी काममा जुटेका छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ