arrow

विधेयकलाई छिट्टै निष्कर्षमा पुर्‍याउन प्रयत्न भइरहेको छः मन्त्री गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
padam-giri-minister.jpg
तस्बिर-फाइल

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल गरी निष्कर्षमा पुर्याउन प्रयत्न गरिरहेको बताएका छन् ।

कानुन मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री गिरीले उक्त विधेयकमाथि सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्मा, श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्ति बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग छलफल गरे ।

बैठकमा कानुनमन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफल गरी सहमति जुटाउने प्रयासमा रहेको बताए । 

“संसद्को समितिमा यस विषयमा छलफल हुने क्रममा सांसदका बीचमा भएको सहमतिका आधारमा अघि बढिसकेको अवस्था छ”, मन्त्री गिरीले भने, “सहमति जुटन नसकेको विषयमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव, मन्त्रीहरू र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ ।”

विभिन्न १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकमा संसद्को समितिमा सहमति जुटिनसकेकाले मन्त्री गिरीले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ