arrow

संविधान संशोधन दर्ताको विरोध, अखिलका विद्यार्थी क्याम्पस अगाडि

सवारी आवागमनमा अवरोध

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
birodh-aakhil.jpeg
काठमाडौं । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि आक्रोशित बनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । 
 
विरोध प्रदर्शनसंगै सवारी आवागमनमासमेत अवरोध गर्दा सर्वसाधारण मारमा परेका छन् । मुलुकभर नै एकैपटक अनेरास्ववियुले गरेको विरोधले सवारी अस्तव्यस्त बनेको छ । 
 
सुरक्षा व्यवस्था भने बाक्लो पारिएको छ । तर सडक खुलाउन भने सकेको छैन । 
 
सरकारले मंगलबार राति संविधान संशोधन विधेयक दर्ता गरेपछि बुधबारदेखि नै अखिलका विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । 
 
पार्टीले नै आन्दोलन चर्काउन उर्दी जारी गरेकाले पढाइ छाडेरै आन्दोलनमा होमिएको अमृत साइन्स क्याम्पस, लैनचौरमा आन्दोलनरत एक विद्यार्थीले बताए । 
 
विद्यार्थीहरु आन्दोलित भएपछि मुलुकभरका सरकारी क्याम्पसको पढाइ प्रभावित भएको छ । 
 
 
सुरक्षा व्यवस्था भने बाक्लो पारिएको छ । तर सडक खुलाउन भने सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ