arrow

‘भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण नर्गन आग्रह’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
press-council-nepal.jpg

काठमाडौँ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए ।

सञ्चालनमा आएका नयाँ अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर उनले राम्रो काम गर्नेलाई पुरस्कार र पत्रकार आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही थालिएको बताए ।

“समाचारमाध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ”, उनले भने, “नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्छ ।”

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिँदै अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका– २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ